arrow

असामाजिक र अराजक क्रियाकलापहरू फस्टाउन दिँदैनौँ- प्रधानमन्त्री ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १३ मंगलबार
kp-oli-07-13.jpg

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरू फस्टाउन नदिइने बताएका छन् ।मङ्गलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरू नेपाली मनलाई विभाजित गर्न खोजेका बताएका छन् । 

उनले साम्प्रदायिक विद्वेष र अराजक क्रियाकलापहरूमार्फत नेपाली मनलाई विभाजित गर्न कोसिस भएको भन्दै त्यसलाई सफल हुन नदिने बताए । उनले संविधान र कानुन विपरीत असामाजिक र अराजनीतिक क्रियाकलापहरू गर्ने प्रयास भइरहेको बताए । उनले यस्ता क्रियाकलापहरूलाई मौलाउन नदिने स्पष्ट पारे । उनले सशस्त्र प्रहरी बल नेपालको कानुन सुधारका लागि सरकार दत्तचित्त भएर लागेको बताए । उनले सो कानून संसद्को आगामी अधिवेशनमा अगाडी बढाइने बताए । 

उनले भने – ‘यतिबेला अनेक प्रकारका शक्तिहरू, नेपाली मनलाई विभाजित गर्न खोज्नेहरू, भूमि त विभाजित गर्न सक्दैनन् । त्यो भन्दा अगाडी नेपाली मनलाई विभिन्न नाममा नेपाली मनहरूलाई विभाजित गर्ने । साम्प्रदायिक विद्वेष अथवा अरू प्रकारका क्रियाकलापहरू अराजकता, संविधान विपरीतका क्रियाकलापहरू र कानून विपरीतका क्रियाकलापहरू, असामाजिक क्रियाकलापहरू, अराजकता मच्चाउने खालका क्रियाकलाप र प्रयासहरू भइरहेका छन् । म प्रधानमन्त्रीको हिसाबले भन्न चाहन्छु, ती कुराहरूलाई हामीले कुनै पनि हालतमा यस्ता असामाजिक क्रियाकलापहरूलाई मौलाउन, फस्टाउन पनि दिँदैनौँ । सफलताको त कुरै छोडिदिउँ त्यस्ता कुराहरू नेपालमा सफल हुन दिइने छैन । यस्ता कुराहरू प्रति तपाईँहरू सजग हुनुहुन्छ भन्ने मलाई लागेको छ । तपाईँहरूको सङ्गठन सजग छ भन्ने मलाई लागेको छ । हामी कानूनी क्षेत्रमा, कानूनमा के–के सुधार गर्नुपर्छ र कसरी सुविधा दिनुपर्छ भन्ने कुरामा अझ दत्तचित्त भएर लागेका छौँ । आगामी संसद्को अधिवेशनबाट हामी यी कुराहरू अगाडी बढाउँछौ । कानूनी व्यवस्था पनि अझ बढाउँदै लगिनेछ । उल्लेख्य सुधार गरिनेछ । ३० वर्षे सेवा अवधि हटाइने छ त्यस कानूनबाट । लगायतका अरू कुराहरू पनि हुनेछन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ