arrow

नमूना राष्ट्र संघ पुल्चोक क्याम्पसमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २३ शुक्रबार
mun-pulchowk-81-7-23.jpg

काठमाडौँ । पुल्चोक क्याम्पसका विद्यार्थीहरुले इन्जिनियर्स विथआउट बोर्डर्स पुल्चोकको सहकार्यमा पुल्चोक क्याम्पसमा मंसिर १६ देखि १८ सम्म "पुल्चोक नमूना राष्ट्र संघ (मोडेल युनाइटेड नेशन्स)" कार्यक्रम आयोजना गर्न लागिरहेका छन् ।

स्नातक तहका विद्यार्थीहरूलाई प्राथमिकतामा राखिएर उक्त कार्यक्रम आयोजना हुन लागिरहेको हो। कार्यक्रममा पुल्चोक क्याम्पसका मात्र नभई अन्य कलेज तथा क्याम्पसका विद्यार्थीहरुले पनि भाग लिन सक्ने छन् । 

कार्यक्रममा भाग लिने सहभागीहरुले विभिन्न देशको प्रतिनिधिको रुपमा भूमिका खेली संयुक्त राष्ट्र संघमा गरिने छलफलको बारेमा अभ्यास लिनुको साथ साथै अन्तर्राष्ट्रिय भूराजनीतिको विषयमा पनि सिक्ने अवसर पाउने छन् ।

पुल्चोक नमूना राष्ट्र संघ कार्यक्रमलाई पुल्चोक क्याम्पसका क्याम्पस प्रमुखले आधिकारिक रूपमा मान्यता दिएको हुनाले उक्त कार्यक्रमको विशिष्ट महत्व रहेको छ। गत वर्ष पनि सफलतापूर्वक सम्पन्न भएको मोडेल युनाइटेड नेशन्सको यो दोस्रो संस्करण हो । 

कार्यक्रममा डीआईएसईसी (डिसरमामेन्ट एन्ड इन्टरनेशनल सेक्युरिटि कमिटी), यूनेस्को, आईएईए (इन्टरनेशनल अटोमिक इनर्जी एजेन्सी), यूएनसीएसटीडी (यूए कमिशन अन साइन्स एन्ड टेक्नोलोजी फर डेभलपमेन्ट) र इन्टरनेशनल प्रेस (आईपी) गरी ५ वटा समिति (कमिटी) हुने छन् । 

कार्यक्रममा सहभागी हुन चाहने विद्यार्थीहरुले दुई हजार रुपैयाँ शुल्कमा नमूना राष्ट्र संघीय अभ्यासमा भाग लिन पाउने छन् । कार्यक्रम अवधिभरको खाजा र खाना खर्च सहित स्टेशनरीका सामानहरू यही शुल्कमा पाउने छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ