मानव तस्करीमा पक्राउ परेका अधिकारीलाई थप सात दिन हिरासतमा राख्न अनुमति
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २७ मंगलबार
2.8k
Shares
काठमाडौँ । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
मंगलबार काठमाडौँ जिल्ला अदालतले अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
आइतबार विराटनगरबाट पक्राउ परेका अधिकारीलाई सोही दिन काठमाडौँ ल्याइएको थियो । काठमाडौँ ल्याएकै दिन उनलाई प्रहरीले अदालतमा पेश गरेको थियो । अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।