arrow

आम आदमीको मन्त्रीबाट राजीनामा दिएर भाजपामा गए गहलोत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३ सोमबार
kailash-galahot-bjp.jpg

काठमाडौँ । भारतको दिल्ली सरकारका पूर्वमन्त्री कैलाश गहलोत भारतीय जनता पार्टी भाजपामा प्रवेश गरेका छन् । एक दिनअघि आम आदमी पार्टी र दिल्ली सरकारको मन्त्री पद छोडेका गहलोत सोमबार भाजपा प्रवेश गरेका हुन् ।

भाजपामा प्रवेश गरेपछि कैलाश गहलोतले दिल्लीका मन्त्री वा मुख्यमन्त्रीले केन्द्र सरकारसँग निरन्तर लडाइँ गरेर जनताको समय बर्बाद गरेको आरोप लगाएका छन् ।

आगामी फेब्रुअरीमा हुने दिल्लीको विधान सभा अघि भाजपाले आम आदमी पार्टीलाई कमजोर बनाउने रणनीति अन्तर्गत गहलोतलाई भित्र्याउन सफल भएको विश्लेषण गरिएको छ ।

गहलोतले आइतबार आम आदमी पार्टीबाट राजीनामा दिँदै पार्टीको दिल्ली सरकारले चुनावका बेला गरेका बाचा पूरा गर्न नसकेको आरोप लगाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ