arrow

देशमा झुटको खेती गर्नेको कमी छैन - ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १२ बुधबार
kp-oli-08-12.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि मुलुकमा झुटको खेती गर्नेहरूको कमी नभएको टिप्पणी गरेका छन् । २०७२ सालयता एमाले नेतृत्वको सरकारले तीव्र गतिका साथ सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाएको लाजसराम नभएका बेइमान र झुटका खेती गर्नेहरूले भ्रम छर्ने गरेको प्रधानमन्त्री ओलीको जिकिर थियो । 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले २०७२ सालयता मुलुकमा आमूल परिवर्तनको काम शुरु भए पनि त्यो पर्याप्त नभएको पनि बताउनु भयो । उनले मुलुकमा कृषि क्षेत्रको आमूल परिवर्तन गर्नका लागि सरकारले ठोस कार्यक्रमका साथ अघि बढ्ने पनि बताए । 

प्रधानमन्त्री ओलीले भने, ‘२०७२ सालभन्दा यताको अवधि भनेको तीव्र गतिका साथ देशलाई विकासको बाटोमा अगाडी बढाउन खोजिएको, सुशासन र समृद्धिको बाटोमा अघि बढाउन खोजिएको अवधि हो । तर तपाई हामी सबैलाई थाहा छ–कस्ता कस्ता शक्ति कतितिरबाट लागेका छन् । कति झुटको खेती गर्दछन् । कति बेइमानी कुराहरू फैल्याउँछन् । लाजसरम कति छोडन सक्छन्, त्याग्न सक्छन् । तर पनि हामी एउटा ठूलो रिभोलुशन गरिराखेका छौं । तर रेभुलुशन पुगेको छैन । खासगरी कृषि क्षेत्रमा रेभुलुशन पुगेन । ’



नयाँ