काठमाडौँ । दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का जङ्गबहादुर शाही विजयी भएका छन् ।
जङ्गबहादुर निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका झलकबहादुर भण्डारी भन्दा ४५२ मतान्तरले विजयी भएका हुन् ।
जङ्गबहादुरले तीन हजार एक सय २७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका झलकबहादुरले दुई हजार छ सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए।