चीनबाट प्रधानमन्त्री ओली स्वदेश प्रस्थान, दिउँसो काठमाडौँ आइपुग्ने
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
734
Shares
काठमाडौँ । चीनको चार दिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् । उनी बेइजिङबाट जहाजमा आइरहेका हुन् ।
प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरेका हुन् ।
प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २ः३० बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेकोे छ ।