सहकारी ठगीमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ – गगन थापा
विवेक मिश्र,
प्रकाशित २०८१ मंसिर २२ शनिबार
2.3k
Shares
मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा दोषी देखिए जो कोहीलाई कारबाही हुने बताएका छन् । शनिबार कांग्रेसको कोशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दे महामन्त्री थापाले यस्तो बताएका हुन् ।
जुनसुकै दलको मान्छे भए पनि छानबिन हुनुपर्ने बताउँदै सहकारी पीडितले न्याय पाउनुपर्ने बताए । संविधान संशोधनको विषयमा छलफल चलिरहेको बताउँदै थापाले भने, ‘संविधानका मौलिक कुराहरु परिवर्तन नहुने गरी आवश्यक संशोधन हुने बताए ।
उक्त कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले थापालाई लक्षित गर्दै बढी बोल्नेले आफूलाई सिध्याउने बताएका थिए ।
खासमा यसअघि बोलेका थापाले आफूले सभापति कम बोल्ने भएको कारण उनको पनि समय लिएर लामो समय बोलेको बताएका थिए ।
त्यसको विषयमा ठट्यौली शैलीमा मन्तव्य दिएका देउवाले भने, ‘बढी बोलेर आफूलाई सिध्याउँछ कम बोल्नेले अरूलाई सिध्याउँछ ।’ देउवाले यसो भन्दा हलमा हाँसो गुञ्जिएको थियो ।
त्यसपछि देउवाले फेरि भने, ‘माफ गर्नुहोला मैले ठट्टा मात्रै गरेको ।’