arrow

जातपातरुपी ऐँजेरुलाई फेदैमा लुछेर फाल्नुपर्छ - ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ३ बुधबार
kp-oli-09-03.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जातपातलाई समाजलाई व्यवस्थित गर्ने क्रममा पलाएको ऐँजेरुको रूपमा चित्रण गरेका छन् । बुधबार काठमाडौँमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले सबैभन्दा पहिला मानिस हौँ भन्ने कुरा बुझ्न जरुरी रहेको बताए । उनले मानिस सबै बराबर हुने बताए । जातपात नचाहिने कुरा भएको उल्लेख गर्दै एउटा समाजलाई व्यवस्थित गर्ने क्रममा ठिक तरिका छान्न नसक्दा जातपातका रूपमा गलत तरिका प्रवेश गरेको बताए । 

उनले जातियता, साम्प्रदायिकता, छुवाछुत घिनलाग्दो कुरा भएको बताए । जातपात र छुवाछुतलाई फेदैमा लुछेर फालिदिनुपर्ने बताए । 

उनले भने, ‘ हामी मानिस हौँ, पहिलो कुरा । जसले हामी मानिस हौँ भन्ने कुरा बुझ्दैन, अनि बाँकी के बुझ्छ त ? मानिस हौँ, मानिस भनेको बराबर हुन्छ । जातपात नचाहिने कुरा हो । यो एउटा समाजलाई व्यवस्थित गर्ने क्रममा कसरी गर्ने भन्दा विकासको क्रममा ठिक तरिका छान्न नसक्दा गलत तरिका कहिले कहिले प्रवेश गरे । यस्तै यो गलत तरिका हो । सामाजिक व्यवस्थापनको यो सन्दर्भमा त्यो बिरुवालाई हुर्काउनुपर्ने बेलामा पलाएको ऐँजेरु हो यो । जातियता, साम्प्रदायिकता, छुवाछुत घिनलाग्दो कुरा हो । यस्तो ऐँजेरु भएपछि काँडादार हुन्छ, त्यसले छिटो घोच्छ, घोचिरहेको छ समाजलाई । यो ऐँजेरु नै हो, यसलाई फेदैमा लुछेर फालिदिनुपर्छ । हामीले तत्सम्बन्धमा प्रयास गरेका छाँै ।’

प्रधानमन्त्री ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले जथाभाबी बोल्ने र गर्न थालेपछि कांग्रेस र एमाले मिलाएर सरकार बनाएको बताए । अस्थिरता, अन्यौलता र भ्रष्टाचारको सीमा नरहे पनि आफूहरू मिलेर सरकार बनाएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ