arrow

ताली बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँ- प्रम ओली [भिडियो]

ध्यान र योगलाई आफ्नो दिनचर्या बनाउन आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ६ शनिबार
oli-09-06.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू तालि बजाउन नभइ काम गरेर परिणाम निकाल्नका लागि सरकारमा रहेको बताएका छन् । शनिबार विश्व ध्यान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू काममा विश्वास गर्ने र कामबाट परिणाम निकाल्नमा विश्वास गर्ने व्यक्ति भएको बताए ।

उनले परस्परमा घृणा नभइ विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताए । उनले ध्यान र योगले भावना, व्यवहार, अभ्यासलाई राष्ट्रिय एकताको भावनाका रूपमा अघि बढाउन मद्दत गर्ने बताए । उनले ध्यान दिवसलाई औपचारिक दिवसको रूपमा मात्रै नभइ वास्तविक जीवन पद्धतिको रूपमा अपनाउने मार्गदर्शनको रूपमा अघि बढाउनुपर्ने बताए । 

उनले भने, ‘हामी मान्छे हौँ, मान्छेले मान्छेलाई प्रेम गर्नुपर्छ । हामी नेपाली हाँै पहिलो कुरा, हामी नेपाली एकजुट हुनुपर्छ । परस्परमा घृणा होइन, विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव हामीले कायम गर्नुपर्छ । समानता कायम गर्नुपर्छ । त्यसको आधारमा राष्ट्रिय एकता कायम गर्नुपर्छ । ध्यानले, योगले यो भावना, व्यवहार, अभ्यासलाई राष्ट्रिय एकताको भावनाका रूपमा अघि बढाउन मद्दत गर्दछ । यस दिवसलाई एउटा औपचारिक दिवसको रूपमा मात्रै होइन, वास्तविक जीवन पद्धतिको रूपमा अपनाउने, मार्गदर्शनको रूपमा अघि बढाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले ज्ञानको मुहान ध्यान भएको उल्लेख गरे । उनले ध्यान र योगलाई आफ्नो दिनचर्या बनाउन आह्वान गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ