arrow

अज्ञात रोगबाट पीडित बालिकालाई ५० हजार सहयोग

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ पुष १३ बुधबार
Pachthar.jpeg.jpeg
पाँचथर । लाइन्स क्लव अफ पाँचथरले अमरपुर ७, घर भई हाल फिदिममा बसोबास गर्दै आएकी एक बालिकाको उपचारका लागि ५० हजार रुपैंयाँ सहयोग प्रदान गरेको छ ।
 
गालाको दाहिने भागमा आएको कालो दाग तथा घाउँबाट पीडित बिन्द्रा हेब्म्याकी १३ वर्षीया छोरी सविना हेब्म्याको उपचारका लागि बुधबार फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी सो रकम हस्तान्तर गरिएको हो ।लाइन्स क्लव अफ पाँचथरको पहलमा विभिन्न ब्यक्तिहरुबाट संकलन गरिएको सो रकम प्रदान गरिउको क्लवका अध्यक्ष मित्र प्रसाद काफलेले जानकारी दिए ।
 
फिदिम उच्च मावि कक्षा ७ मा अध्ययनरत सविनालाई के रोग लागेको हो हालसम्म पहिचान समेत हुन नसकेकाले रोग पहिचान गरी चेकजाँच गर्न सो सहयोग गरेको लाइन्स क्लव अफ पाँचथरका अध्यक्ष मित्र प्रसाद काफ्लेले बताए ।
 
कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लेले सविनाको रोगको पहिचान पछि थप उपचार गर्नुपरेमा आगामी दिनमा पनि सहयोगका लागि पहल गरिदिने प्रतिबद्धता व्यक्त गरे। सविनाका आमा बिन्द्राका अनुसार जन्मेको एक हत्तादेखि उनमा त्यस्तो समस्या सुरु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ