संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुन्छ - सभामुख घिमिरे [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २८ आइतबार
463
Shares
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको भुमिक प्रमुख हुने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भुमिक प्रमुख हुने बताए । उनले दलहरूले नै यो व्यवस्थालाई प्रभावकारी ढङ्गबाट स्थापित गर्ने बताए । उनले दलको भूमिकामार्फत दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवर्द्धन हुने जिकिर गरे ।
उनले राजनीतिक दल आफैँ आम जनतालाई ठिक दिशामा लैजाने र जनताका अभिमतलाई ठिक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेको बताए । जनताका अभिमतहरू उठाएर एउटा परिणाम दिने साधक नै राजनीतिक दल भएको बताए । लोकतान्त्रिक विधिअनुसार नबनेको राजनीतिक दलहरूमाथि प्रश्न उठ्नु स्वाभाविक भएको बताए ।
सभामुख घिमिरेले भने, ‘संसदीय परिपाटी त्यसमा पनि हाम्रो दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका सर्वप्रथम माथि रहन पुग्छ । त्यति मात्र होइन, दलहरू नै यो व्यवस्थालाई प्रभावकारी ढङ्गबाट स्थापित गर्ने र दलको भूमिकामार्फत नै यसलाई प्रवर्द्धन गर्दै अघि जाने कुराहरू हुन्छन् । दल आफैँ यस्तो साधन हो जो, आम जनतालाई ठिक दिशामा लैजान सक्छ र जनताका अभिमतहरूलाई ठिक ढङ्गबाट अभिव्यक्त गर्ने र त्यसलाई निर्णयमा पुर्याउने र परिणाम दिने कामको साधक बनेर जान सक्छ । तर उ आफैँ लोकतान्त्रिक विधिअन्तर्गत बनेको छैन, उसको प्रणालीहरू लोकतान्त्रिक छैनन्, उसले सूचना सम्बन्धीको कामलाई व्यवस्थित गर्नको लागि आफूलाई नै त्यसरी व्यवस्थित गरेको छैन भने यसमाथि प्रश्न उठ्नु स्वाभाविक छ ।’