arrow

ओलीको बोली

भूराजनीति भनेको राष्ट्रिय हितको रक्षा गर्नु हो - प्रधानमन्त्री [भिडियो]

राष्ट्रिय स्वार्थलाई त्यागेर सत्तामा जाने काम एमालेले नगर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ७ सोमबार
kp-oli-10-07.jpg

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वार्थलाई त्यागेर सत्तामा जाने काम एमालेले नगर्ने बताएका छन्। नेकपा (एमाले) को परराष्ट्र मामिला विभागले आयोजना गरेको ‘नेपालमा परराष्ट्र नीतिबारे संवाद’ कार्यक्रममा बोल्दै उनले नेपाल आफ्नो भौगोलिक अवस्थाप्रति सचेत रहेको र भूराजनीतिको नाममा सत्ताको लागि जे पनि गर्ने काम एमालेले नगर्ने स्पष्ट पारे।

उनले राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिन तयार हुने जस्ता अनैतिक काम एमालेले नगर्ने बताए। भूराजनीतिलाई दोष दिनु भनेको आफ्नो कायरता लुकाउनु मात्र भएको उनको भनाइ थियो। उनले राष्ट्रिय स्वार्थमा अडिग रहनुपर्ने कुरामा जोड दिए। भूराजनीति भनेको सावधानी, सन्तुलन र दृढताका साथ राष्ट्रिय स्वार्थको रक्षा गर्न तयार हुनु हो भनेर उनले व्याख्या गरे।

उनले भने, ‘हामीले हाम्रो भूवअस्थालाई बिर्सिएका छैनौँ तर भूराजनीतिका नाममा सत्ता स्वार्थमा जाने, सत्ता प्राप्ति वा सत्तामा रहनका लागि जेसुकै पनि निर्णय गर्ने, राष्ट्रिय हितलाई तिलाञ्जली दिन तयार हुने जस्ता स्तरहिन, अनैतिक कामहरू हामी गर्दैनौँ । त्यो कुरामा हामी अडिग रहन्छौँ । यो नेपालको राष्ट्रिय नीति हो । कोही त्यसबाट बाहिर गएर काम गर्छ भने उसले राष्ट्रिय नीतिमा नचलेको मात्रै हो, राष्ट्रिय नीति उसले गरिरहेको क्रियाकलाप वा अपनाएको नीति राष्ट्रिय नीति होइन । भूराजनीतिको कुरा गरिरहँदा राष्ट्रिय हितमा अडान नलिने अनि भूराजनीति भनेर भूराजनीतिलाई अपजस लगाएर आफ्नो कायरतालाई लुकाउने भूराजनीति होइन । भूराजनीति भनेको सावधानी, सन्तुलित र दृढताका साथ राष्ट्रिय हितको रक्षा गर्न चनाखो हुनु हो । भूराजनीति भनेको राष्ट्रिय हितको रक्षा गर्नु हो । भूराजनीतिको अवस्थाअनुसार परिस्थितिअनुसार आफ्ना राष्ट्रिय हितहरूको रक्षा गर्नु भूराजनीति हो ।’

प्रधानमन्त्री ओलीले नेपालले आफ्ना छिमेकी मित्र राष्ट्रहरूसँग खुलस्त मित्रतापूर्ण ढङ्गले आफ्ना तर्क राख्नुपर्ने बताए । नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ