arrow

मोरङमा २७ पक्की पुल निर्माण हुँदै

logo
प्रकाशित २०७३ पुष १६ शनिबार
bridge-ktm.jpeg
उर्लाबारी (मोरङ)। जिविसले जिल्लामा एकै साथ २७ पक्की पुल निर्माणको कामलाई तीव्रता दिएको छ । जनताको मागअनुसार जिल्लाका दर्बेशा, इटहरा, अमरदह, कटहरी, राजघाट, गोविन्दपुर, आमगाछी, मझारे, झोराहाट, टकुवा, केराबारीलगायत स्थानमा पक्की पुल निर्माण गरिरहेको छ । 
 
त्यसमध्ये बाहुनीको कयरखोलमा करिब २ करोड २२ लाखको लागतमा १८ मि र विराटनगरस्थित सिंगिया खोलामा ७ करोड ६० लाखको लागतमा ६२ मि लामो पुल सञ्चालनको तयारीमा छन् । 
 
यसैगरी बुधनगरको खाद्र्राखोलामा  ९५ लाखको लागतमा १५ मि, टङ्किसिनवारीको धाधरा खोलामा १ करोड ८७ लाखको लागतमा १५ मि, रङ्गेलीको घागी खोलामा १ करोड ८३ लाखको लागतमा १८ मि,  ६२ लाखको लागतमा इटहराको कट्नु खोलामा १५ मि र बवियार्विताको कोचेनी खोलामा २ करोड १३ लाखको लागतमा १८ मि लामो पक्की पुल बन्दै छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ