arrow

सगरमाथा संवाद

जलवायु न्यायका लागि पैरवी गर्न संवाद शुरु [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
kp-oli-10-08.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको शुभारम्भ गरेका छन् । मंगलबार सिंहदरबारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको शुभारम्भ गरेका हुन् । 

पहिलो पटक आयोजना हुन लागेको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, पर्वतीय र मानवीय भविष्य’ रहेको छ । संवाद कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनले गरेको असर र समाधानका उपायबारे विभिन्न आयाममा र विषयगत छलफल गरी निष्कर्षलाई अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइने बताए । 

नेपालले जलवायु न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा सशक्त आवाज उठाउँदै आएको उनको भनाइ छ । जलवायु परिवर्तनका विषयमा विश्वमै नेतृत्व हासिल गर्न तथा जलवायु न्यायका लागि पैरवी गर्न संवाद शुरु गरिएको हो । परराष्ट्र र वन तथा वातावरण मन्त्रालयले विभिन्न समिति बनाई तयारी थालेका छन् । यो संवाद हाललाई प्रत्येक दुई वर्षमा आयोजना गर्ने मन्त्रिपरिषद्को निर्णय छ । 

आगामी जेठ २, ३ र ४ गते संवाद आयोजना गर्न प्रस्ताव गरिएको छ । संवादलाई नेपालले अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको अङ्गको रूपमा विकास गर्ने गरी घोषणा गरी तयारीको शुरुवात गरिएको हो । 

संवादमा न्यून कार्बन उत्सर्जन गरेर पनि उच्च जोखिममा पर्नुपरेको पीडाका बारेमा अन्तर्राष्ट्रिय जगताई जानकारी गराउँदै त्यसबाट नेपालले लिनुपर्ने क्षतिपूर्ति र नेपालले उपलब्ध गराएका वातावरणीय सेवा बापतको भुक्तानीको सन्दर्भमा समेत संवादका क्रममा पैरवी गरिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ