arrow

उनान्चालीस लाख नगदसहित इन्द्रचोकबाट एक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १४ सोमबार
illegal-money-81-10-13.jpg

काठमाडौँ । प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका १५ घर भई हाल काठमाडौँ टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन् । 

उनलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको इन्टेलिजेन्स शाखाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो । 

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार उनलाई काठमाडौँ २४ इन्द्रचोकबाट पक्राउ गरिएको हो । 

उनको साथबाट ३९ लाख ७८ हजार रुपैयाँ स्रोत नखुलेको रकम फेला परेको खनालले बताए । स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ