arrow

प्रधानमन्त्री दाबी गर्दै भन्छन् – विकास निर्माणका काममा ‘ब्रेक–थु’ भएको छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १८ शुक्रबार
kp-oli-81-10-18r.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र नभइ ‘ब्रेक’ लगाएर राखिएका कामलाई अघि बढाएको बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले जसअन्तर्गत काठमाडौँ–तराई द्रुत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको बताए । 

त्यस्तै चीन र भारतलाई जोड्ने हाम्रो राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडकमार्ग केही दिन अघि मात्रै ब्रेक–थ्रु भएको जानकारी दिए । 

उनकाअनुसार ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम यो सरकार आउँदाका बखत अलपत्र रहेको भए पनि अहिले द्रुत गतिमा काम अघि बढिरहेको बताए ।

प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएपछि कार्यभार सम्हालेपछिको पहिलो निर्णय गरेको कीर्तिपुरको क्रिकेट खेल मैदानलाई रंगशाला बनाउने र त्यसमा फ्लड लाइट जोड्ने निर्णय अनुसार त्यसका लागि टेण्डर आह्वान भएको र तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्नेगरी काम अघि बढिरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ