arrow

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २५ शुक्रबार
Parliament_building.png

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे शुरु हुनेछ । 

बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन् । 

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको विधायन विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

विधायन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची छ । जसअन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेस गर्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ