arrow

सीमा सुरक्षालाई उच्च प्राथमिकता दिन गृहमन्त्रीको निर्देशन

logo
/
प्रकाशित २०७३ पुष १८ सोमबार
Rasuwa-ma-grihamantri.jpeg
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले उच्च मनोबलका साथ निर्भिक भई सीमा सुरक्षालाई उच्च प्राथमिकता दिएर काम गर्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन् ।
 
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाको नबनिर्मित भवनको सोमबार उदघाटन गर्दै गृहमन्त्री निधिले उच्च मनोबलका साथ निर्भिक भएर सीमा सुरक्षा लगायत अपराध नियन्त्रणमा काम गर्न निर्देशन दिएका हुन् । तीनवटै सुरक्षा निकायका प्रमुखका साथ रसुवा सदरमुकाम धुन्चे पुगेका गृहमन्त्रीले सीमा सुरक्षा राष्ट्रभक्ति र देशभक्तको प्रतिक भएको उल्लेख गरे।
 
त्यसक्रममा मन्त्री निधिले सरकारले संसदमा दर्ता गराएको संबिधान संशोधन बिधेयक टेबुल गर्न नदिएर मुख्य बिपक्षी दल एमालेले संसदीय प्रकृयाको खिलापमा काम गरेको बताए । उनले एमाले नेताहरुसंग बार्ता भइरहेको बताउँदै कुनै निकास निस्कनेमा आफू आशाबादी भएको उल्लेख गरे। सोमबारै मन्त्री निधिले कार्यालय प्रमुखहरुसंगको भेटमा स्थानीय निकायको निर्बाचनको घोषणा जुनसुकै बेला हुन सक्ने भन्दै त्यसका लागि तयार रहन निर्देशन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ