arrow

राष्ट्रिय प्राकृतिक स्रोत प्रतिवेदन प्रतिनिधि सभामा पेश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २८ सोमबार
parliament-building-new-ban.jpg

काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त प्रतिवेदन पेश गरिएको छ । 

उपसभामुख इन्दिरा रानाको अनुमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त प्रतिवेदन सदनसमक्ष पेश गरेका हुन् ।

यस्तै उक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सतितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 

उपसभामुख रानाले सर्वसम्मतिले उक्त प्रस्ताव स्वीकृत भएको घोषणा गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ