arrow

जसले गर्छ त्यो कांग्रेस रहँदैन

अर्काको चुनाव चिन्हमा मत हालौँ भन्ने आँट अब कसैले गर्न सक्दैन - गगन थापा [भिडियो]

०८४ सम्म राम्रो काम गरेर जनतामाझ जान सक्नुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २८ सोमबार
gagan-thapa-10-28-01.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन अगाडि गठबन्धनको गर्ने व्यक्ति कांग्रेस नरहने बताएका छन् । सोमबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ सम्म राम्रो काम गरेर जनतामाझ जान सक्नुपर्ने बताए ।

उनले ०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कसैले पनि अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट गर्न नसक्ने बताए । त्यसो गरेको खण्डमा कांग्रेस नरहने उनको चेतावनी छ । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्नेबारेमा छलफल अगाडि बढाइरहेको बताए । त्यस्तो हुन सके निर्वाचनअगाडि गठबन्धन गर्ने आँट कसैले नगर्ने बताए ।

उनले भने, ‘०८४ को चुनावमा जाने बेलासम्म राम्रो काम गरौँ । त्यो कामको श्रेय पाउने गरीकन जाने हो । ०८४ को चुनाव यति त लेखेर राख्नुहोला । कुनै बेला म एक्लै थिएँ । ०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ त्यो कांग्रेस रहँदैन । हिजो यसको लागि लडेका थियौँ, सकेनौँ । नसकेको हो मैले । अब सिंगो पार्टी आयो । चुनाव अगाडि गठबन्धन गर्नु हुँदैन भन्नेमा त पार्टी आयो आयो । त्यसमाथि पनि अहिले त निर्वाचन आयोगले एउटा प्रस्तावमा छलफल गरिरहेको छ । १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने । त्यसो भएपछि कसैले निर्वाचन अगाडि गठबन्धन गर्ने आँट नै गर्दैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ