arrow

प्रहरी जवानमाथि निर्धात कुटपिट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २८ सोमबार
Manahunkot.jpg
फाइल तस्बिर

पोखरा । तनहुँँको पर्यटकीय गन्तव्य मानहुँकोटमा उच्छृङ्खल युवा समूहद्वारा एक प्रहरी जवान निर्धात कुटिएका छन् । युवा समूहले वर्थडे पार्टी गरेर शनिबार राति होहल्ला गरेको भन्ने सूचना पाएपछि प्रहरी टोली खटिएको थियो । क्रममा प्रहरीले युवा समूहलाई सम्झाउन खोज्दा युवा समूह प्रहरी टोलीमाथि नै जाइलागेको थियो ।

युवाको आक्रमणबाट प्रहरी जवान सुनिल कार्की घाइते भएका थिए । उनी पोखरामा उपचार गरी घर फर्किसकेको तनहुँ प्रहरीले जनाएको छ ।

प्रहरीले सो घटनामा संलग्न व्यास नगरपालिका वडा नं ४ का रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास-१ का सुदीप विकलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको छ । उनीहरुलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

मानहुँकोटमा पटक-पटक यस्ता घटना हुने गरेका छन् । केही महिनाअघि पोखराका १३ जनाको समूहमाथि तनहुँका युवा समूहले सांघातिक हमला गर्दा केही युवा गम्भीर घाइते भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ