arrow

यस्तो छ प्रतिनिधि सभा बैठकको आजको सम्भावित कार्यसूची, दुई विधेयक प्रस्तुत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २९ मंगलबार
parliament-building-new-ban.jpg
तस्बिर – फाइल ।

काठमाडौंँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । 
 
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले  ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।

साथै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य ब्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पीत्त भएको भ्रष्टाचार निवारण (पहिलो संसोधन) विधेयक, २०७७ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो विधेयक पारित गराउन प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ