arrow

प्रधानमन्त्रीसँग फागुन ४ गते प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तर, चार दिनभित्रै प्रश्न लेखेर दिनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २९ मंगलबार
kp-oli-parlianment-speech-before-un-visit.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आगामी फागुन ४ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ । प्रतिनिधि सभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न उत्तर सम्बन्धी कार्यक्रम राखिएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई जानकारी दिए ।     
सभामुख घिमिरेले भने, “प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ८ मा रहेका माननीय सदस्यहरूले फागुन महिनामा प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम माघ ३० गते दिनको ४ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखितरूपमा दिन सक्नुहुने बेहोरा जानकारी गराउँदछु ।” 
    
सभामुख घिमिरेले सङ्घीय संसद्को बैठक नचलेको दिनमा विषयगत समितिका काम, कारबाही अगाडि बढाउन समितिका सभापति र सदस्यहरूको ध्यानाकर्षणसमेत गराएका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक आगामी फागुन ४ गते आइतबार दिउँसो १ बजे बस्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ