रुग्ण उद्योगलाई पीपीपी मोडेलमा पुनर्जीवन दिने तयारी [भिडियो]
सरकार रुग्ण उद्योगहरू पुनः सञ्चालन गर्न पीपीपी मोडेलमा जान तयार छ - प्रधानमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३० बुधबार
491
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू पुनः सञ्चालन गर्न सरकार पीपीपी मोडलमा जान तयार रहेको बताएका छन् । सिंहदरबारमा मंगलबार उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेको बताए ।
उनले सरकार निजी क्षेत्रलाई महत्वका साथ अगाडि बढाउन, सहुलियत दिन तयार रहेको उल्लेख गरे । उनले व्यापार सम्बन्धी, उद्योग सम्बन्धी कानून सञ्चालन गर्नेहरूलाई आवश्यक रहेको भन्दा उनीहरूको समस्या समाधान गर्ने गरी कानून बनाइने बताए ।
उनले भने, ‘रुग्ण उद्योगहरू पुनः सञ्चालन गर्न सरकार पीपीपी मोडलमा जान तयार छ । निजी क्षेत्रलाई महत्वका साथ अगाडि बढाउन, सहुलियत दिन तयार छ । कानूनी प्रश्नमा मैले अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि भनेको थिएँ । उद्योग सम्बन्धी कानून मलाई चाहिएको होइन । उद्यमीहरूलाई चाहिने हो । व्यापार सम्बन्धी कानून मलाई चाहिने होइन, किनभने म त व्यापार गर्दिन नि । जसले ती काम गरिरहेको छ, तिनलाई चाहियो ।’