arrow

माघ महिनामा एक ५३ जना फरार प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १ बिहिबार
pakrau9.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले माघ महिनामा एक ५३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

कास्की प्रहरी र मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीलाई पक्राउ गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए ।

पक्राउ पर्नेमा पुरुष एक सय २५ र महिला २८ जना छन् । उनीहरुलाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको प्रहरी निरीक्षक जिसीले जानकारी दिए ।

पक्राउ परेकाहरुबाट एक करोड ५२ लाख ४८ हजार आठ सय ८६ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको बताइन्छ ।

पक्राउ पर्नेमध्ये सबैभन्दा धेरै चेक अनादार मुद्दाका ९६ जना छन् । यस्तै लागुऔषधसम्बन्धी मुद्दाका १४ जना, बैंकिङ कसूर मुद्दाका १८ जना, अभद्र व्यवहार मुद्दाका पाँच, न्यून स्तरको खाद्य उत्पादन बिक्री गरेको सम्बन्धी मुद्दाका दुई जना छन् ।

यसैगरी स्वास्थ्यकर्मी तथा संस्थाको सुरक्षासम्बन्धी मुद्दाका दुई, सवारी ज्यान मुद्दाका एक, कुटपिट मुद्दाका एक, जालसाँझी मुद्दाका चार, लेनदेन मुद्दाका एक र चोरी मुद्दाका नौ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएर अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ