arrow

विद्युत प्राधिकरणको असावधानीले फुटेको मेलम्चीको पाइप मर्मत शुरु [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १ बिहिबार
nea-melamchi-babarmahal.jpg

काठमाडौँ । बबरमहलको मुख्य सडकमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम शुरु भएको छ । बुधबार दिउँसो नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्ने काम अघि बढाउँदा खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्र जलमग्न भएको थियो ।

विद्युत प्राधिकरणले विद्युतका तारहरु अण्डरग्राउण्ड गर्न ठाडो रुपमा खन्‍ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको पाइप फुटेको थियो । मेलम्ची खानेपानीले ९० सेन्टिमिटर गहिराइमा २० इन्टको पाइप गाडेको छ ।

विद्युत प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानीमन्त्री प्रदीप यादवको भनाइ छ । उनले बुधबार नै बबरमहल क्षेत्रको निरीक्षण गरेर मर्मत गर्न निर्देशन दिएका थिए ।  

काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का प्रोजेक्ट डाइरेक्टर टीका चौधरीले विद्युत् प्राधिकरणको असावधानीपूर्ण कामले खानेपानीको पाइपमा ठूलो क्षति पुगेको बताए । 

उनका अनुसार करिब चार घण्टासम्म पानी बग्दा ४० लाख लिटर पानी खेर गएको छ र पाइप फुट्दा ४० लाख बराबर क्षति भएको छ । 

बुधबार यस्तो अवस्थामा थियो बबरमहल – 

 

babarmahal-duban-nea-melamchi (1).jpg
babarmahal-duban-nea-melamchi (2).jpg
babarmahal-duban-nea-melamchi (3).jpg
babarmahal-duban-nea-melamchi (4).jpg
babarmahal-duban-nea-melamchi (5).jpg
babarmahal-duban-nea-melamchi (6).jpg
babarmahal-duban-nea-melamchi (7).jpg
babarmahal-duban-nea-melamchi (8).jpg
babarmahal-duban-nea-melamchi (9).jpg
babarmahal-duban-nea-melamchi (10).jpg
babarmahal-duban-nea-melamchi (11).jpg
babarmahal-duban-nea-melamchi (12).jpg
babarmahal-duban-nea-melamchi (13).jpg
babarmahal-duban-nea-melamchi (14).jpg
babarmahal-duban-nea-melamchi (15).jpg
babarmahal-duban-nea-melamchi (16).jpg
babarmahal-duban-nea-melamchi (17).jpg
babarmahal-duban-nea-melamchi (18).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ