बस्दै प्रतिनिधि सभा बैठक, प्रधानमन्त्रीसँग प्रश्नोत्तर
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
2.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । केही दिनको विश्रामपछि प्रतिनिधि सभा बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक दिउँसो १ बजेदेखि बस्न लागेको हो ।
संसद सचिवालयका अनुसार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट कार्यभार थप सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नका जवाफ दिने कार्यक्रम रहेको छ ।
सांसदहरुले गत माघ ३० गते नै प्रश्नपत्र टिपाइसकेका छन् ।
त्यस्तै गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधन माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।