arrow

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओली, १० सांसदका प्रश्नको जवाफ दिँदै [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिइरहेका छन् । प्रधानमन्त्रीसँग प्रश्न गर्नका लागि १० जना सांसदले प्रश्न सोध्नेछन् । 

गत ३० नै सांसदहरुले प्रश्न टिपाएका थिए । 

सांसद प्रकाश ज्वालाले पहिलो कार्यकालमै थालेका पूर्वाधारका काम किन सम्पन्न नगरेको भन्ने प्रश्नमा ओलीले ‘म सरकारबाट हटेपछि माननीय नै पूर्वाधार मन्त्री हुनुहुन्थ्यो क्यार !’ भनेपछि संसदमा हाँसो गुन्जिएको थियो । सत्ताधारी सांसदहरुले समर्थन जनाएका थिए । 

उनले आफूले थालेका काम त्यसपछिको सरकारले रोकेको भए पनि अहिले बाँकी रहेका काम सक्ने तयारीमा लागेको बताए । उनले केही कामहरु त पूरा भएर कार्यसञ्चालनसमेत रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ