एक सदनका सांसदलाई अर्को सदनले खेद प्रस्ताव पारित गर्नु दुःखद - रघुजी पन्त [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ५ सोमबार
677
Shares
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु दुःखद भएको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसद दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भएको खण्डमा संसदीय व्यवस्थालाई असर गर्ने पनि बताए । उनले यस्तो द्वन्द्व बढ्दै गयो भने यसले दुई सदनको बीचमा विवाद उत्पन्न गराउने र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउने भयो । उनले राष्ट्रिय सभा भनेको वृद्धाश्रम नभएको पनि बताए । राष्ट्रिय सभालाई वृद्धाश्रम भनेर आलोचना र बेइज्जत गर्नु नहुने बताए ।
उनले भने, ‘हाम्रो संविधानले दुई सदनात्मक संसदीय व्यवस्था गरेको छ । यी दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भयो भने त्यसले संसदीय व्यवस्थालाई असर गर्दछ । हामी कसैले पनि बोलेको कुरा एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु आफैँमा दुःखद हो । यस्तो द्वन्द्व बढ्दै गयो भने यसले दुई सदनको बीचमा विवाद उत्पन्न गर्दछ र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउँछ । राष्ट्रिय सभा भनेको वृद्धाश्रम होइन । तर राष्ट्रिय सभा भनेको पाकाहरूको सदन हो । त्यो सदनलाई वृद्धाश्रम भनेर हामीले आलोचना र बेइज्जत गर्नु हुँदैन । लोकतन्त्र आफैँमा एउटा सुसंस्कृत प्रणाली हो, यसलाई हामीले एक अर्कोले सम्मान गर्नुपर्छ । अहिले जसरी प्रतिनिधि सभाका एक जना मान्य सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ । त्यो आफैँमा दुःखद हो । हामी यसबाट पाठ सिकौँ, कसै व्यक्तिलाई दोष नदिउन् । दुवै सदनको बीचमा द्वन्द्व उत्पन्न हुने काम नगराँै र एकले अर्कालाई सम्मान गर्दै अघि बढौँ ।’