काठमाडौँ । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । आजको बैठकमा नियमित कार्यक्रमसँगै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मिडिया काउन्सिल विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने भएको छ ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी नियमन विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।
साथै निकासी पैठारी नियमन विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।