arrow

संसद्‌मा लिङ्देनको माग: नेपालमा नास्तिकता प्रवर्द्धनमा खर्च भएको रकमको छानबिन होस् [भिडियो]

नास्तिकता प्रवर्द्धन गर्न भएको एक सय मिलियन अमेरिकी डलर खर्चको छानबिन माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ६ मंगलबार
lingden-11-06.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले नेपालमा धर्म निरपेक्ष कायम गर्न अमेरिकाले १ सय मिलियन डलर खर्च गरेको बारेमा अनुसन्धान गर्न माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै  उनले अमेरिकाको विदेश मामिला समितिका सभापति ब्राइण्ड माक्सले ५ मिलियन डलर अमेरिकाले आफ्नो एजेन्सीमार्फत नेपालमा नास्तिकता प्रवर्द्धनका लागि खर्च गरेको अभिव्यक्ति दिएको र अमेरिकाका सभामुख माइक जोर्ड स्वयंले पनि करिब १ सय मिलियन डलर नेपालमा नास्तिकता फैल्याउन खर्च गरेको कुरा बताएको भन्दै यसबारेमा नेपाल सरकारले अनुसन्धान गर्नुपर्ने बताए । उनले निष्पक्ष अध्ययन गरी नास्तिकता फैल्याउनका लागि रकम लिनेहरूको नाम सार्वजनिक गर्न माग गरे । 

उनले भने,‘नेपालमा धर्म निरपेक्ष कायम गर्नका लागि, संविधानमा धर्म निरपेक्ष राज्य लेख्नका लागि ठूलो पैसाको चलखेल भएको थियो र पार्टी नेताहरू विक्री भए भनेर बजारमा कुरा हुन्थ्यो । त्यसको कुनै प्रमाण थिएन । पछिल्लो समय अमेरिकाकै एक सांसदले ब्राइण्ड माक्स जो त्यहाँका विदेश मामिला समितिका सभापति पनि हुनुहुन्छ । उन रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्नुहुन्छ । उनले नेपालमा नास्तिकता प्रवर्द्धन गर्न ५ मिलियन डलर खर्च भएको छ । हामीले विभिन्न ठाउँमा प्रश्न उठायौँ । त्यो विषयमा कुरा भइरहेको थियो । पछिल्लो दिनमा त्यहाँका सभामुख माइक जोर्डले नै अझ थप पुष्टि गरे । ५ मिलियन डलर होइन त्यो भन्दा दुई सय गुणा बढी १ सय मिलियन डलर अहिले झन्डै नेपाली मुद्रा १४ अर्ब नेपालमा धर्म परिवर्तन र नास्तिकता प्रवर्द्धनका लागि खर्च भएको छ । अहिलेको संविधानप्रति धेरै असहमति छन् । कुनै देशले आफ्नो एजेन्सीमार्फत नेपालमा १४ अर्ब रुपैयाँ धर्मान्तरणको लागि नास्तिकता प्रवर्द्धन गर्न खर्च गरिरहेको छ भन्ने कुरा त्यो देशको आधिकारिक व्यक्ति सभामुखबाटै आएको छ भनेपछि यो सरकारले छानबिन गर्नुपर्ने कुरा हो की होइन । सरकारले चासो राख्नुपर्ने विषय हो की होइन ? म सरकारसँग माग गर्न चाहन्छु, यसमा कोको संलग्न छन्, कसको संलग्नता छ त्यसमा छानबिन होस् । सरकारले यसलाई सुनेर छोड्ने काम नगरोस् । ’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ