arrow

बस्दै प्रतिनिधि सभा बैठक, यस्तो छ कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ११ आइतबार
parliament-building-new-ban.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने उक्त बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक २०८१ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा वनमन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफलको प्रस्ताव पेश गर्ने संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ