arrow

यस्तो छ प्रतिनिधि सभा बैठकको आजको कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
Parliament_building-1619601493.png

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।ब

त्यस्तै गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

त्यस्तै आज सांसद शेरबहादुर कुँवरले ध्यानाकर्षण प्रस्ताव र सांसद राजेन्द्र बजगाईंले जरूरी सार्वजनिक महत्वका प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ