arrow

चोरी आरोपमा युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
prem-gurung-pakrau.jpg

पोखरा । पोखरा रंगशालाको चेञ्जिङ रुमबाट मोवाइल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं ८ आरुखर्कका २३ वर्षीय प्रेम गुरुङ छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माका यही फागुन ६ गते रंगशालामा फुटसल खेल्नका लागि चेन्जिङ रुमबाट मोवाइल र नगद चोरी भएको भन्ने जाहेरीका आधारमा अनुसन्धान अघि बढेको थियो ।

अनुसन्धानका क्रममा गुरुङलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा यही फागुन ११ गते पक्राउ गरिएको थियो ।

उनको घर र कोठा खान तलासी गर्दा चोरी भएका विभिन्न कम्पनीका १५ वटा मोवाईल चारवटा चार्जर र दुई वटा ड्रोन क्यामेरासमेत बरामद भएको डीएसपी शर्माले बताए ।

पक्राउ परेका गुरुङविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ