arrow

आजको प्रतिनिधि सभामा हवाई सेवा प्राधिकरण र आमसञ्चार विधेयकमाथि छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
parliament-building-new-ban.jpg

काठमाडौँ । आजको प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पति भएको आमसञ्चार परिषद विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ