arrow

ओलीको बोली

म प्रधानमन्त्री हुँदा अहिलेसम्म असाधारण परिवर्तन भयो- ओली [भिडियो]

अझै धेरै गर्न बाँकी छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
oli-11-13.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि वर्तमान सरकार बनेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही भएको छैन भन्ने कुरा गलत भएको भन्दै अझै धेरै कुरा गर्न बाँकी रहेको कुरा स्वीकार गर्नुपर्ने बताए । 

उनले आफू यसअघि तीन वर्ष प्रधानमन्त्री बन्दा असाधारण परिवर्तन गरेको तर त्यसपछि बनेका सरकारहरूले काम अघि नबढाउँदा विकास अघि बढ्न नसकेको बताए । उनले दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाउनु पनि विगतमा रोकिएका विकास निर्माणका कामहरू अघि बढाउनु रहेको बताए । देशमा सुशासन र विकासको गति तीव्र बनाउन सरकारले काम गरिरहेको बताए । 

प्रधानमन्त्री ओलीले भने, ‘केही भएको छ, अझै धेरै गर्न बाँकी छ । केही भएको छ । म दावाका साथ भन्छु तीन वर्ष म प्रधानमन्त्री हुँदा अहिलेसम्म असाधारण परिवर्तन भयो । त्यो प्रगतिलाई बीचको तीन वर्षले धान्न सकेन । फेरि हामी त्यही नधानिएको हुनाले अहिले नेपाली कांग्रेस र नेकपा एमाले दुई वटा सबैभन्दा ठूला पार्टीहरू मिलेर, देश धेरै अप्ठ्यारोमा पर्‍यो यो बीचमा । देशलाई अधोगतितिर होइन, यसलाई सुशासन र विकासको बाटोमा अगाडि लैजानुपर्छ भनेर सरकार बनाएका छौँ ।  ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ