arrow

अराजकता स्वीकार्य छैन- प्रधानमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १५ बिहिबार
oli-11-15.jpg

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुने गरी सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याएको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने कुरा, सभ्यता, संस्कृति, गौरवपूर्ण परम्परालाई होच्याउने र अपमान गर्ने कुरा भने स्वीकार्य नहुने बताए । 

उनले सांस्कृतिक कुराहरू ध्वस्त बनाउने कुराहरू गरेर घृणाको राजनीति गर्ने कुर स्वीकार्य हुन नसक्ने बताए । कसैको व्यवहार, कारोबार बरबाद गरिदिने, कसैका परिवार छिन्नभिन्न बनाइदिने, कसैको जिन्दगी बदनाम गरिदिने, अविश्वास फैल्याइदिने, भ्रम छरिदिने कुराहरू नियन्त्रण गरेरै छोड्ने प्रतिबद्धता जनाए । 

प्रधानमन्त्री ओलीले भने, ‘सरकारले अहिले सामाजिक सञ्जालको सम्बन्धमा सोसल मिडियाको अधिकार एक इन्च त के, एक सेन्टिमिटर वा त्यो भन्दा पनि एक मिलिमिटर पनि केही नहुने गरी सोसल मिडियाको अधिकारलाई सम्पूर्ण रूपमा रक्षा गर्दै तर छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने कुरा, हाम्रो सभ्यता, संस्कृति, हाम्रा गौरवपूर्ण परम्परा, यी कुराहरूलाई होच्याउन, अपमान गर्न र यी कुराहरू ध्वस्त बनाउने खालका क्रियाकलाप र सामाजिक मर्यादाहरू सबै भत्काएर घृणाको राजनीति, घृणाको क्रियाकलाप, कसैको व्यवहार, कारोबार बरबाद गरिदिने, कसैका परिवार छिन्नभिन्न बनाइदिने, कसैको जिन्दगी बदनाम गरिदिने, अविश्वास फैल्याइदिने, भ्रम छरिदिने यस प्रकारका कामहरू छन्, ती नियन्त्रण हुनुपर्छ । यस्ता कुराहरू छोड्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले बलात्कार जस्ता अपराधहरू स्वीकार्य नहुने भन्दै यस्ता कुरा नियन्त्रण हुनुपर्छ भनेर लाग्दा विरोध गर्नु आफैँमा स्तरहीन तर्क रहेको बताए । असामाजिक कुराहरू रोक्नुपर्ने बताए । मानिसहरूले अपराध कर्ममा सफल हुनुलाई सफलता ठान्ने गरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ