arrow

छैटौ वालिङ महोत्सवको आकर्षण 'हेलिकप्टर'

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ पुष २१ बिहिबार
helicopter-in-waling.jpeg
स्याङ्जा। पाँचौ वालिङ महोत्सव सम्म सफलता पुर्वक सम्पन्न गरेको वालिङ उद्योग वाणिज्य संघले छैटौ महोत्सव आयोजना गर्दै छ । माघ १३ देखि २३ गते सम्म आयोजना हुने छैटौ महोत्सवमा हेलिकप्टर प्रमुख आकर्षणको रुपमा लिइएको छ । हरेक महोत्सवमा नयाँ पन दिने उदेश्यले आयोजकले यो महोत्सवमा हेलिकप्टरलाई आकर्षकको रुपमा लिएको हो । 
 
स्याङ्जामा रहेका धार्मिक पर्यटकीय क्षेत्रहरुको अवलोकनका साथै दर्शन गराउने उदेश्यका साथ आयोजकले महोत्सवमा हेलिकप्टरको प्रयोग गर्ने भएको छ । स्याङ्जावासीका लागि यो नयाँ पन हुने छ छैटौ महोत्सव मुल आयोजक समितिका संयोजक शोभाकान्त पौडेलले भने,“हेलिकप्टरबाट मेलाको अवलोकन र धार्मिक क्षेत्रको दर्शन गर्न दर्शकले पाउने छन् ।” एक पटकमा ३ जना सम्मले हेलिकप्टरबाट घुम्ने अवसर पाउने छन् जसका लागि ४५ सय रकम लाग्ने छ पौडेलले भने ।
 
महोत्सवमा हेलिकप्टरको पनि आकर्षकको रुपमा रहने भएपछि बुधवार यसको हेलिकप्टरबाट अध्ययन र अवलोकन समेत गरिएको छ । प्रभु हेलिकप्टरले बुधवार वालिङ खेलमैदानमा उतारेर अध्ययन गरिएको संयोजक पौडेलले बताए । एक पटकमा ७ मिनेट देखि ८ मिनेट सम्म घुम्न पाउने व्यवस्था आयोजकले मिलाएको छ । 
 
महोत्सवमा अर्को सामाजिक उत्तरदायीत्वका लागि पनि ३ दिन सम्म आँखाको निशुल्क शिविरको आयोजना समेत हुने योजना आयोजकले बनाएको छ । जसका लागि तिलगंगा आँखा अस्पताल पोखरा सगँ समन्वय गरिरहेको आयोजकको भनाई छ । हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मुल नारा सहित आयोजना हुन लागेको छैटौ महोत्सवमा कृषि, पर्यटन, साँस्कृतिक लगायतका प्रदर्शनीका साथै प्रस्तुतीहरु अर्को आकर्षकको रुपमा लिइएको छ । 
 
क्षेत्रिय औद्योगिक, कृषि, पर्यटन, साँस्कृतिक एंव व्यापार मेलाको रुपमा आयोजना गरिने महोत्सवमा स्याङ्जा डान्स आइडल पनि अर्को नयाँ प्रस्तुतिका रुपमा रहने विद्यालय नृत्य प्रतियोगिता उपसमितिका संयोजक अमृत अर्यालले जानकारी दिए । जिल्लाकै पहिचानको रुपमा रहेको आँधिखोलालाई बाँध लगाएर तालमा डुङ्गा चढेर यात्रा गर्ने व्यवस्था पनि यो महोत्सवमा व्यवस्था गरिएको छ । पाँचौ महोत्सव सम्म सम्पन्न गरेका महोत्सव भन्दा छैटौ महोत्सव अत्यन्तै पृथक हुने आयोजकले जनाएका छन् । महोत्सवले वालिङको पहिचान सगै आसपासमा रहेका पर्यटकीय क्षेत्र र कृषिलाई थप उजागर गराउन महत्वपूर्ण भुमिका खेल्ने बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ