arrow

न्यूनतम पारिश्रमिक नदिने संस्थाहरू कारबाहीको दायरामा आउँछन् - प्रधानमन्त्री [भिडियो]

देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
kp-oli-11-20.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा लीले अहिले पनि न्यूनतम ज्यालाका लागि लड्नुपरेको अवस्था रहेको भन्दै कतिपय गैरसरकारी अस्पतालहरूमा नर्सहरूले न्यूनतम पारिश्रमिक नपाएको गुनासो सुनेको बताए । उनले न्यूनतम पारिश्रमिक भन्दा तलको पारिश्रमिक दिएर काममा लगाउन नपाइने र लगाएको पाए कारबाही गर्ने चेतावनी दिए । पारिश्रमिक कुनै पनि बहानामा न्यूनतम भन्दा तलको पारिश्रमिक दिन नपाइने बताए । 

प्रधानमन्त्री ओलीले भने, ‘अहिले पनि न्यूनतम ज्यालाका लागि लड्नुपरेको छ । अहिले पनि कतिपय गैरसरकारी हस्पिटलहरूमा म सुन्छु । हो की होइन मैले अध्ययन गर्नुपर्छ । कसैले मलाई त्यस्तो भनिरहेको छैन, म चर्चा सुनिरहेको छु । खुद नर्सहरूले पनि न्यूनतम स्यालरी बराबरको रकम पाइरहेका छैनन् । यस्तो सुनेको छु । त्यस्तो हो भने उनीहरू पनि श्रमिक हुन् । उनीहरू पनि काम गर्दछन् । उनीहरू श्रमजीवी भन्दा फरक होइनन् । आज ह्वाइट र ब्लु गर्ल छुटाउने गरिन्छ, त्यो पनि अब छुटाउन जरुरी छैन । बिस्तारै सबै ह्वाइट कलरमा जानुपर्छ । यो न्यूनतम पारिश्रमिक भन्दा तलको पारिश्रमिक दिएर काममा लगाउन कतै पनि पाइँदैन । यो दण्डनीय कानून लाग्ने विषय बनाउनु पर्दछ । पारिश्रमिक कुनै पनि बहानामा न्यूनतम भन्दा तल दिन पाइँदैन ।’

प्रधानमन्त्री ओलीले रोजगारी र रोजगारीका अवसर उपलब्ध गराउने बाटो उद्यमशीलता र व्यावसायिकता भएको बताए । रोजगारीका अवसर उद्यमशीलताबाट सिर्जना गर्न सकिने बताए ।

ओलीले देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्ने बताएका छन् नले राम्रो काम गर्नेहरूलाई जसरी पनि विरोध गरेर राम्रो काम गर्न नदिने परिपाटी हुनु दुःखद भएको बताए । उनले राम्रो काम गर्नेहरूलाई झुटो आरोप लगाउने, काम गर्न नदिने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गरे । 

उनले यसअघि प्रधानमन्त्री बन्दा पनि आफूले एक सय एक ऐतिहासिक कामहरू गरेको जिकिर गरे । उनले अहिले पनि युवाहरूलाई लक्षित गरेर एक लाख भन्दा बढी एसइई दिने विद्यार्थीलाई ४८ प्रतिशत मात्रै पास हुने स्थितिको अन्त्य गर्न अनलाइन सञ्चालन गरिरहेको बताए । उनले यस पटक कम्तीमा ६० प्रतिशत नतिजा पुर्‍याउने उद्देश्यले व्यक्तिगत तवरबाट आफू लागिरहेको र एक लाख बढी विद्यार्थी सहभागी रहेको दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ