arrow

कुमारी बैंकको संस्थापक शेयरधनीको शेयर बिक्रीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २२ बिहिबार
kumari-bank-limited-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ८१ हजार ८४४ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आज (फागुन २२ गते) बाट ३५ दिनभित्र आवेदन दिन सक्ने छन् ।

आवेदकले बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौँमा आवेदन दिनु पर्नेछ । 

शेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा हाल कायम संस्थापक शेयर धनीले शेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ