arrow

अवकाशमा जाने १३ दिनअघि भट्टराईको एआईजीमा बढुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २२ बिहिबार
nepal-police-logo_1618051596.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल प्रहरीका डीआईजी जनक भट्टराई एआईजीमा बढुवा भएका छन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई एआईजी बढुवा गरेको हो ।

यसअघि ११ फागुनको बढुवा सिफारिस समितिले भट्टराईलाई एआईजीका लागि सिफारिस गरेको थियो ।

बुधबारको मन्त्रिपरिषद् निर्णयबाट एआईजी बढुवा भएका भट्टराई आगामी ५ चैतमा अनिवार्य अवकाशमा जानेछन् । 

यसअघि एआईजी रहेका रवीन्द्र केसीलाई राजीनामा गराएर भट्टराईलाई एआईजीमा सिफारिस गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ