पाँचथर । नेपालमा केही भएन भद्गददै विदेश कुद्नेहरुले कति कमाउँलान् मासिक ? अाफ्नाे घर परिवार छाडेर गएकाहरुले कमाउने भन्दा बढी कमाउन नेपालमै पनि दुख गर्ने हाे भने सम्भव छ भन्ने प्रमाणित गराइदिएका छन् फिदिमका किसानहरुले । नेपालमा केही भएन भनेर विदेशिनेहरुको लागि चुनौती दिने गरी पाँचथरका किसानहरुले आधुनिक र सामुहिक कृषि उत्पादनमा संलग्न हुन थालेपछि त्यहाँका स्ठानीयहरु जीवनशैली नै सुधारिन थालेकाे छ ।
पाँचथरको फिदिम ३ मझुवा, सिलौटी, डोजरडाँडा र सिम्लेका किसानहरुले मुला खेती गरेर नै मनग्गे आम्दानी गर्न थालेपछि यो नै नेपालमा केही हुँदैन भन्नेहरुको लागि गतिलो जवाफ भएको छ । सो क्षेत्रका किसानले वार्षिक ५० मेट्रिकटनसम्म कोरियन जातको मूला उत्पादन गर्ने गरेका छन् । यो वर्ष कृषकले प्रतिकिलो २० रुपैंयाँले मुला बेचेको मझुवाका कृषक महेन्द्र मुखियाले बताए ।
छोंटो समयमै राम्रो आम्दानी दिने भएकाले सो क्षेत्रका कृषक मुला खेतीमा आकर्षित भएका हुन् । सो क्षेत्रका कृषकले उत्पादन गरेको मूला झापा हुँदै भारतको सिलिगुढीसम्म निर्यात हुन थालेपछि कृषकमा उत्साह थपिएको मुखियाको भनाई छ ।मंसिरको पहिलो हप्तासम्ममा तीन छिमल उखेली बेच्न सकिने मुलाबाट ६ महिनामा कृषकले १ करोड आम्दानी गरेको सिम्लेका कृषक मचिन्द्र मुखियाले बताए
मुखियाका अनुसार ६ महिनामा प्रतिपरिवार मुलाबाट डेढ लाख रुपैंयाँ सम्म आम्दानी हुने गरेको छ । ओसिलो क्षेत्र भएकाले सो क्षेत्रमा मुला राम्ररी फस्टाउँने गरेको कृषक बताउँछन् । आफूहरुलाई जिल्ला कृषि विकास कार्यालयले कुनै किसिमको सहयोग नगरेको प्रति भने सो क्षेत्रका कृषकको गुनासो रहेको छ ।
यस्ताे उत्पादनलार्इ अझ बढावा दिँदै जाने हाे भनेमा विदेश जानेहरुले भन्दा बढी कमाउन कुनै समस्या नरहेकाे किसानहरुकाे बुझार्इ रहेकाे छ ।