arrow

कांग्रेस महाधिवेशन समयमै हुन्छ - देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
deuba-11-26.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाविधेशन निर्धारित समयमै हुने बताएका छन् । सोमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाली कांग्रेसको महाधिवेशन समयमै हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा हुन्छ भन्ने प्रतिक्रिया दिए । 

उनले भने, ‘कहाँ अद्भुत भएको छ, केही भएकै छैन । समसामयिक अवस्था ठिक छ । दुई वटा ठूला पार्टी सरकारमा छन् । राम्रोसँग चलेको छ । सरकारमा कुनै समस्या छैन, ०८४ सम्मै जान्छ । हामी भोट पाएको मान्छे हो, हामी जनता होइन । नेपाली कांग्रेसको महाधिवेशन समयमै हुन्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ