arrow

प्रतिनिधि सभामा सहकारीमन्त्री

सहकारी विकृति रोक्न विधेयक - मन्त्री अधिकारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
balaram-adhikari-11-27.jpg

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१’ ल्याइएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरूले विरोधको सूचना राखेपछि जवाफ दिँदै मन्त्री अधिकारीले प्रचलित कानूनमा आवश्यक संशोधन गरी सहकारी बचतकर्ताको बचत फिर्ता गर्न र बचत सुरक्षा गर्न विधेयकले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले विधेयकले तीन तहको सरकारबीच समन्वय र सहकार्य गरी सबै सहकारीमा सबै वर्गको सहभागिता बढाउने जिकिर गरे । 

उनले भने, ‘सहकारीको क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न, प्रचलित कानूनमा आवश्यक संशोधन गरि बचतकर्ताको बचत फिर्ता गर्न र बचत सुरक्षा गर्न, नियमन प्राधिकरणको व्यवस्थालाई व्यवस्थित गरि गलत गर्नेलाई कारबाही गर्न, तीन तहको सरकारमा समन्वय गरि सहकारीलाई अझै व्यवस्थित गर्न र सबै वर्ग र तहको प्रतिनिधित्व गर्न यो विधेयक गरेको छ । आईसिएले तोकेका विधिअनुरूप नै विधेयक आएको कारण विरोधका सूचनाहरू फिर्ता लिन अनुरोध गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ