लोकतन्त्र एउटा हाइवे हो, हाइवेमा ब्याक गेयर लाग्दैन - प्रधानमन्त्री ओली [भिडियो]
नेपाल यति साह्रै झुट बोल्ने अभ्यासमा कहिल्यै पनि थिएन
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
496
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठिक बनाउन नसकेसम्म योजनाबद्ध ढङ्गले परिस्थिति परिवर्तन गर्न लाग्ने बताएका छन् । आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले योजनाहीन धैर्यता र सक्रियता नभई योजनाबद्ध सक्रियता, धैर्यतापूर्वक अघि बढिरहेको बताए । उनले आशावादीताका साथ अघि बढ्दा र योजनासहित अघि बढ्दा असम्भव केही पनि नहुने जिकिर गरे ।
उनले सरकार भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्नका लागि सङ्कल्पका साथ अघि बढिरहेको बताए । उनले नेपालमा अहिले झुटको खेती धेरै हुने गरेको भन्दै सही र गलत छुट्याएर अघि बढ्न जरुरी रहेको बताए । लोकतन्त्र एउटा राजमार्ग भएको र राजमार्गमा ब्याक गेयर नलगाइने भन्दै निरन्तर अघि बढ्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘हामी सक्रिय धैर्यता, सक्रियता योजना हिन होइन,योजनाबद्ध सक्रियतामा अघि बढ्छौँ । निराशामा उभिएर होइन, आशावादीताकासाथ अघि बढेर आशावादीता, योजनाबद्धता, सक्रियता र धैर्यताका साथ अघि बढ्छौँ । जबसम्म परिस्थिति ठिक बनाउन सकिँदैन, धैर्यतापूर्वक हामी सक्रिय ढङ्गले, योजनाबद्ध ढङ्गले परिस्थिति परिवर्तन गर्न लाग्नेछौँ । लाग्नुपर्दछ । हामी सबै एक ठाउँ छौँ, एक ठाउँ भएर लाग्नुपर्दछ । समाजका सम्पूर्ण सेक्सनहरू सबैलाई उठाउन सक्नुपर्दछ । करप्सन कन्ट्रोल र करप्शनको अन्त्य गर्ने सङ्कल्पका साथ हामी अघि बढेका छौँ । मलाई विचित्र लाग्छ, नेपाल यति साह्रै झुट बोल्ने अभ्यासमा कहिल्यै पनि थिएन । यस्तो झुट बोल्ने अभ्यास चलाएको छ, गोएबल्स थेउरी भन्ने जे पनि बोलेको छ बोलेको छ । मान्छे हेर्दा भलाद्मी देखिन्छ, केके बोलेको छ । यसबाट जोगिनुपर्छ, सही र गलत छुट्याएर अघि बढ्नुपर्छ । डेमोक्रेसी भनेको हाइवे हो । हाइवेमा ब्याक गेयर लगाइँदैन । डेमोक्रेसी इज अ हाइ वे । यसमा ब्याक गेयर लगाइँदैन, अघि बढिन्छ ।’