एजेन्सी, मानिसले २१ औ शताब्दीसम्म आइपुग्दा सूचना प्रविधिको क्षेत्रमा नयाँ आविष्कार भित्र्याएको छ।ती आविष्कारलाई मानव जीवनले एकदमै महत्वपूर्णका साथ उपयोग गर्न पाउनेछन्।ती यसप्रकार रहेका छन्।
फिंगर रुलर
हामीले कुनै पनि चीजको लम्बाइ नाप्न स्केलको आवश्यकता पर्दछ। तर अब विज्ञानले फिंगर रुलरको विकास गरिदिएको छ। यो उपकरणले तपाईको औलाबाटै लम्बाइ नाप्नेछ।
अप ग्रेड म्यासेन्जर
गो टेन्ना नामको यो विशेष प्रकारको डिभाइस हो। यसको मद्दतले तपाईले जहाँ पनि म्यासेज पठाउन सक्नुहुन्छ।यसले फोनको नेटवर्कको काम नगर्ने ठाउँमा पनि काम गरेको हुन्छ।
स्क्यान एण्ड ड्र पेन
पेन्टिङ गर्नको लागि यो स्क्यान एण्ड ड्र पेन धेरै महत्वपूर्ण हुनेछ। यो एक विशेष प्रकारको पेन हो जसले कुनै पनि चीजको रंगलाई आफूसँग सोस्न सक्ने क्षमता राख्दछ। त्यही सहायताले पताई हुबहु रंगबाट पेन्टिङ बनाउन सक्नुहुन्छ।
कुकुरको भाषा बुझ्ने मेसिन
यो मेसिनको प्रयोगबाट हामी कुकुरको भाषा पनि बुझ्न सक्छौ। किनकी पाल्तू कुकुरले भुकेर पनि मानिसलाई खतराको संकेत दिने गरेको छ। यसले कुकुरको भाषालाई मानिसको भाषामा उतार्ने काम गर्नेछ। मानिस यसको सहयोगबाट आउने सम्भावनालाई सजिलै बुझेर सचेतना अपनाउन सक्छ।
अध्यारोमा चम्कने रुख
विरुवाको विकासको लागि घाम धेरै जरुरी हुन्छ तर विज्ञानले एउटा यस्तो खास विरुवा बनाएको छ जसले अध्यतारोमा पनि उज्यालो र शक्ति पनि प्रदान गर्छ।
जुटा प्रिन्टर
जुटा नामको यो उपकरण एउटा पोर्टेबल प्रिन्टर हो। यसले आफ्नो स्मार्टफोनबाट कनेक्ट गरेर कुनै पनि डकुमेन्ट प्रिन्ट गर्न सक्नेछन्।
फिन्गर रिडर
यदि तपाईलाई पढ्नको लागि औलाको सहारा लिनु पर्छ भने एउटा रिडर पनि बनाइएको छ। यसलाई दृष्टिविहीनहरुले प्रयोग गरेर आफ्नो पढाइलाई सजिलो बनाउन सक्दछ।