arrow

प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह

दिपक थापा बने प्रहरीको ३१ औँ आईजीपी, भन्छन् - पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु [भिडियो]

जिम्मेवारीलाई निष्ठापूर्वक, इमानदारिता साथ पूरा गर्ने गृह सचिवको विश्वास 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ५ मंगलबार
igp-deepak-thapa.jpg

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । मंगलबार बिहान गृह मन्त्रालयमा एक समारोहका बीच गृह सचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको थियो । नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१ औँ आईजीपी बनेका छन्। दर्ज्यानी चिन्ह ग्रहण गरेपछि बोल्दै महानिरीक्षक थापाले आफूले पहुँचको नभई पद्धतिको थिति बसाल्न प्रयत्न गर्ने बताए । अपराधको रोकथाम र अनुसन्धान कुनै पनि बहाना र विकल्प बिना अघि बढाउने प्रतिबद्धता जनाए । देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा अमन चयन र कानूनी राज्यको प्रत्याभूति दिलाउन आफूले पहल गर्ने बताए । 

कार्यक्रममा बोल्दै गृह सचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै मुलुकको शान्ति, सुरक्षा, सुव्यवस्था, सुशासन र अमन चयन कायम गरी सुखी नेपाली र समृद्ध नेपालको लक्ष्यका लागि काम गर्न आग्रह गरे । उनले आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक, इमानदारिता साथ पूरा गर्ने विश्वास व्यक्त गरे । उनले शान्ति सुरक्षा र सुव्यवस्थाको विषय देखिने विषय मात्रै नभई अनुभूत गर्ने विषय भएकाले आम नागरिकले अनुभूति गर्ने गरी शान्ति सुव्यवस्था कायम गर्नु सबैको कर्तव्य भएको बताए । 

आम नागरिकका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको बताए । उनले सरकारप्रति नकारात्मक धारणा आइरहेको अवस्थामा सुरक्षा चुनौती पनि थपिरहेको बताए । सडक दुर्घटना न्यूनीकरण, लागूपदार्थ दुर्व्यसनका घटना न्यूनीकरण गर्न,साइबर अपराधका घटनाहरूको न्यूनीकरण जरुरी रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ