१.ठुला फाइल सेकेण्डमै ट्रान्सफर
किंगस्टन हाइपरएक्स स्वाज यूएसबी फ्लक्सको माध्यमवाट ठुला फाइल र डाटा ट्रान्सफर गर्न सजिलो हुनेछ। यो ग्याजेट यसै महिना बजारमा उपलब्ध हुदैछ। यो ड्राइभ गेमिङग कन्सोल जस्तै पीएस ४ एक्सबक्स वनसँग कम्फट रहेको छ । यसको बजार मुल्य अहिले नै तोकिएको छैन ।
२. चार हजार जिबी डाटा स्टोर क्षमता
वेसटन डिजिटलको पासपोर्ट प्रोको मुल्य बाउन्न हजार नेपालि रुपैया रहेको छ । यो परफेक्ट स्टोरेज डिवाइस हो। यसलाई एक ठाउँबाट अर्को ठाउँमा लाग्न कुनै समस्या छैन । यस ग्याजेट्समा एल्युमिनियमको कभर लगाइएको छ । ग्याजेट्सको सुरक्षाकोलागी रवरको पनि रहेको छ ।यसमा ४ टेरावाइट डेटा स्टोरेज क्यापासिटी रहेको छ।
३.डिजाइन फरक ब्याट्रि धमाकेदार
यो एरो स्कल नेनो स्पीकर हो। यसको डिजाइनजति आकर्षक छ उतिनै ब्याट्रि टिकावट पनि रहेको छ। यो स्पिकर एकचोटी चार्ज गरे पछी ८ घण्टा सम्म टिक्छ। यसलाई हातमा राखेर पनि चलाउन सहज हुनेछ । यसको बजार मुल्य तेह्र हजार छ सय नेपाली रुपैया रहेको छ ।
४.लाइटनिंग कनेक्टर
लाइटनिंग कनेक्टर माइक्रो यूएसबीको मुल्य दुई हजार एक सय रहेको छ । मल्टी फंक्शनल यो ग्याजेट्समा लाइटनिङग कनेक्टर र माइक्रो यूएसबी रहेको छ । यसको तौल निकै कम रहेको छ । यसको एक्चुअल प्रोडक्टमा यूएसबी कनेक्टर तथा डिवाइस कनेक्टरमा उपलब्ध छ। यसलाई ल्यापटप र स्मार्टफोनमा प्रयोग गर्न सकिन्छ ।