arrow

नौ लाख अफगानी शरणार्थी जीवन त्यागेर पाकिस्तानबाट फर्किए स्वदेश 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ९ शनिबार
refugee-afg-pak.jpg

इस्लामबाद । पाकिस्तानमा गैरकानूनी रूपमा बसेका अफगान नागरिकहरूको फिर्ताको प्रक्रिया जारी छ । समाचार अनुसार नौ लाखको हाराहारीमा अफगानीहरूलाई उनीहरूको देश फिर्ता भइसकेका छन् ।

 एक अधिकारीले दिएको जानकारी अनुसार पाकिस्तान सरकारले ३१ मार्चको समयसीमा तोकेको छ, जस अन्तर्गत अवैध रूपमा बस्ने र अफगान नागरिक कार्डधारकहरूले समेत पाकिस्तान छोड्नु पर्नेछ। 

जस अन्तर्गत पाकिस्तानबाट हालसम्म ८ लाख ७४ हजार २८२ अफगानीलाई फिर्ता पठाइ सकिएको छ । आतंकवादसँग सम्बन्धित चिन्ताका कारण सरकारले यो कदम चालेको हो।

पाकिस्तानी अधिकारीले यस प्रक्रियामा कसैलाई पनि दुर्व्यवहार नगर्ने आश्वासन दिएका छन् । अफगानिस्तान फर्किन लागेका नागरिकका लागि खाना र स्वास्थ्य सुविधाको व्यवस्था पूरा भएको बताए । अधिकारीले तोकिएको समयसीमा पछि पाकिस्तानमा गैरकानूनी रूपमा बस्ने मानिसहरूलाई कडा कानूनी कारबाही गरिनेसमेत जनाएका छन् ।

यसैबीच अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले पनि गत बिहीबार पाकिस्तानलगायत विश्वका अन्य देशका अफगान शरणार्थीहरूलाई क्रमशः स्वदेश फिर्ता गर्न आह्वान गरिसकेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ